

उपत्यकाका ३२ प्रतिशत सवारी प्रदूषित

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकाका सवारीसाधन प्रदूषण परीक्षण गर्दा झन्डै ३२ प्रतिशत प्रदूषित भेटिएका छन् ।
वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको पदूषण परीक्षणमा ३१.८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका हुन् । विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ४१४ वटा सवारी जाँच गर्दा १३२ वटामा प्रदूषण फेल भएको जनाएको छ ।
जाँचका क्रममा फेल भेटिएका सवारीमा बस, स्कुल बस, सामान बोक्ने ट्रक लगायत रहेको विभागले जनाएको छ ।

