

पूर्वी अरुण गाउँपालिका वडा नं. ६ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नं. ६ जरायोटारमा यहि माघ १४ गते सोमबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। ६ नं वडा कार्यालयको आयोजना र तुम्लिङटारस्थित नब दृष्टि आई हस्पिटल प्रा।लि।को प्राविधिक सहयोगमा यो शिविर जरायोटार स्वास्थ्य चौकीमा सञ्चालन हुने वडा अध्यक्ष गणेश कुमार राईले जानकारी दिएका हुन ।
यस शिविरले स्थानिय बासिन्दाहरूलाई आफ्नो आँखा सम्बन्धी समस्याको समाधानमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। वडा अध्यक्ष र राईले स्थानिय बासिन्दाहरूलाई यस अवसरको लाभ उठाउन आह्वान समेत गर्नुभएको छ।
यस शिविरले ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई विशेष गरी आँखा सम्बन्धी समस्या समाधानमा राहत पुर्याउने अपेक्षा गरिएको छ।

