

भोजपुरका पूर्वी अरुण गाउँपालिकाले शिक्षाविद् श्री ध्यानबहादुर राईको निधनमा बुधबार एक दिन शोक बिदा दिने घोषणा

भोजपुर । भोजपुरका पुर्वी अरुण गाउँपालिकाले वडा नं. ५ याकु निवासी शिक्षाविद्, विश्वप्रेमी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक र प्रथम निर्वाचित वडा अध्यक्ष श्री ध्यानबहादुर राईको असामयिक निधन भएपछि गाउँपालिकाले भोली ९ गते बुधबार एक दिन शोक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले स्व। राईको योगदानप्रति सम्मान व्यक्त गर्दै उनको चीरशान्तिको कामना गरेका छन्। शिक्षाविद् र समाजसेवीका रुपमा पहिचान बनाएका राईको असामयिक निधनले गाउँपालिकाले एक योग्य नेतृत्व गुमाएको भन्दै गाउँपालिकाभरि शोकको वातावरण छ।
आज गाउँपालिका अध्यक्ष खत्रीले एक सूचना जारी गर्दै राईको निधनप्रति सिंगो गाउँपालिका नै स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन्।
बुधबार अत्यावश्यक बाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिएको सूचनामा जनाइएको छ ।

