

२०औं राष्ट्रिय व्यापी पुरुष तथा महिला खुल्ला क्योकुशिन कराते र ७औं मेयर कप प्रतियोगिता २०८१ सफलतापूर्वक सम्पन्न

काठमाडौं । पौष १९ र २० गते आयोजित २०औं राष्ट्रिय व्यापी पुरुष तथा महिला खुल्ला क्योकुशिन कराते र सातौँ मेयर कप प्रतियोगिता २०८१ विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शनका साथ सम्पन्न भएको छ। विभिन्न उमेर समूह र तौलवर्गका खेलाडीहरूले प्रतिस्पर्धा गरेका यो प्रतियोगितामा कुल मिलाएर २५ केजीदेखि ५५ केजीसम्मका तौलवर्ग र महिलाका केटेगोरीहरूमा प्रतिस्पर्धा गरियो।
प्रतियोगितामा उल्लेखनीय खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । २५ केजी तर्फ पुरुषको द्वितीय स्थानमा आयुष तामाङ, तृतीय स्थानमा भुवन राई रहेका छन्। त्यसैगरी ३० केजी तर्फ पुरुषको तृतीय स्थानमा सोरुम सापकोटाले पाउनु भएको छ।
त्यसैगरी ४५ केजी तर्फ पुरुषको प्रथम स्थानमा करण शाही विजयी भएका छन्। ५५ केजी तर्फ पुरुषको तृतीय स्थानमा प्रशान्त सुनुवार रहेका छन्। खुल्ला तर्फ साहिर श्रेष्ठको उत्कृष्ट प्रदर्शन, जो ३५ केजी तर्फ प्रतियोगिता जित्न सफल भए। महिला ३५ केजी तर्फ अन्जली राई तृतीय स्थानमा स्थान प्राप्त गर्न सफल भएकी छन्। ५० केजी तर्फ महिला प्रतिस्पर्धामा अन्जु श्रेष्ठ८ तृतीय स्थानमा आइपुगेकी छन्।
त्यसैगरी, आइकेयु गाम्चा डोजो नेशनल वाइड मेयर कप च्याम्पियनसिप २०८१ मा पनि उत्कृष्ट नतिजा देखाएको छ, जहाँ पुरुष २५ केजी तर्फ रोरिुप बिक तृतीय स्थानमा रहे। महिला २५ केजी तर्फउषा राना मगर द्वितीय स्थानमा रहन सफल भएकी छन्।
प्रतियोगिता सामूहिक प्रतिस्पर्धा र कडा परिश्रमको परिचायक बन्यो, र यसले क्योकुशिन कराते खेलको स्तरलाई अझ माथि पुर्याएको छ। यस प्रतियोगिताले देशभरिका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्नको लागि एउटा महत्वपूर्ण मञ्च प्रदान गरेको छ।
यो सफल आयोजनामा सबै खेलाडीहरू, प्रशिक्षकहरू, र आयोजक संस्थाको योगदान महत्वपूर्ण रह्यो।
फोटो फिचरहरु :
तस्बिर :तारादेवी श्रेष्ठ

