

अरूण गाउँपालिकामा एच.पि.भि खोप कार्यक्रम माघ २७ देखि २९ गतेसम्म संचालन हुने

भोजपुर । अरूण गाउँपालिकाले महिलाहरूको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप कार्यक्रम संचालन गर्न लागेको छ। यस सम्बन्धमा स्वास्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
२०८१ माघ २७ देखि २९ गतेसम्म, अरूण गाउँपालिकाका सम्पूर्ण माध्यमिक विद्यालय (मा.वि.) र आधारभूत विद्यालय (आ.वि.) का कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप कार्यक्रम उपलब्ध गराइनेछ।
यस महत्त्वपूर्ण खोप कार्यक्रममा छात्राहरू र बालिकाहरूको सहभागिता सुनिश्चित गर्न अभिभावक, शिक्षक, तथा समुदायका व्यक्तिहरूलाई प्रचार–प्रसार गरी खोप कार्यक्रममा सहभागी गराइदिन आग्रह गरिएको छ।
यो कार्यक्रम महिलाहरूको स्वास्थ्य संरक्षण र पाठेघरको मुखको क्यान्सरको रोकथाममा प्रभावकारी हुने विश्वास गरिन्छ।

