अरुण गाउँपालिका २ र ३ मा हजारेखोला छोक्ला छरछरे खानेपानी आयोजना सर्वेक्षण सम्पन्न
भोजपुर । अरुण गाउँपालिका वडा नम्बर २ र ३ मा हजारेखोला छोक्ला छरछरे बृहत खानेपानी आयोजनाको घरधुरी सर्वेक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब आजदेखि वडा नम्बर १ मा सर्वेक्षण कार्य सुरु भएको छ।
सर्वेक्षणमा सहभागी प्राविधिकहरूलाई सही विवरण उपलब्ध गराउन गाउँपालिकाले सम्पूर्ण स्थानीयहरूलाई आग्रह गरेको छ। यदि वडा नम्बर २ र ३ मा कुनै घरधुरी छुट भएको भए ती घरधुरीको नाम टिपाई दिन आग्रह गरिएको छ।
हालका लागि यो आयोजना वडा नम्बर १, २ र ३ मा सञ्चालन हुनेछ। यस आयोजनाबाट ती वडाका स्थानीयहरूले स्वच्छ र सहज खानेपानी सेवाको लाभ उठाउन सक्ने विश्वास व्यक्त गरिएको छ।