

नेपाल तरुण दलको आयोजनाम वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न, वडा नं.३ विजयी

भोजपुर।अरुण गाउँपालिकाको वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता पुस २४ देखि २६ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ।नेपाली कांग्रेस निकट तरुण दल अरुण गाउँ कार्यसमितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं. ३ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो ।
फाइनल खेलमा वडा नं.३ ले वडा नं. ७ लाई पराजित गर्दै उपाधि हात पारेको थियो । विजेता टोलीले नगद ५०,००० रुपैयाँ, रनिङ सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोली वडा नं। ७ ले नगद २५,००० रुपैयाँसहित सिल्ड, मेडल, र प्रमाणपत्र हात पारेको छ।
पुरस्कार वितरण समारोहमा अरुण गाउँपालिकाका उपप्रमुख बिनिता ढकाल, पूर्व पालिका प्रमुख गजेन्द्र कार्की, नेपाली कांग्रेस अरुण गाउँपालिका सभापति श्रीकुमार राई, र तरुण दल सभापति ललित राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले विजेता र उपविजेता टोलीलाई पुरस्कार प्रदान समेत गरेका थिए ।
प्रतियोगितामा सहभागी अन्य टोलीहरूलाई प्रोत्साहनस्वरूप नगद ५,००० रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। त्यस्तै, व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगिता खेलकुदको माध्यमबाट गाउँस्तरमा एकता, सहकार्य, र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण रहेको सहभागीहरूले बताए। आयोजकका अनुसार यस किसिमका गतिविधिले युवाहरूलाई खेलकुदमा संलग्न गराउँदै सकारात्मक सोच विकास गर्न मद्दत पुर्याउनेछ।
तरुण दल अरुण गाउँ कार्यसमिति भोजपुरले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

