

युवराज सफलको नयाँ गीत म त जिउँदै मरेकी छु को म्युजिक भिडियो छिट्टै बजारमा

काठमाडौं । लामो समयदेखि सामाजिक सञ्जालमा चर्चित युवराज सफल अब नयाँ परिचयका साथ नेपाली सांगीतिक क्षेत्रमा आउँदै छन्। म त जिउँदै मरेकी छु नामक वियोगान्त गीतको म्युजिक भिडियो केही दिनभित्रै सार्वजनिक हुने तयारीमा रहेको छ।
यस गीतमा मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने, र स्वयं युवराज सफलले अभिनय गरेका छन्। गीतको स्वर निरा रानाभाटले दिएकी छन् भने संगीत कृष्ण भारद्वाजको छ। शब्द रचना सफल स्वयंले गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन राहुल बराइलीले गरेका हुन्। वियोगान्त कथालाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको यो गीतले युवराज सफललाई कवि मात्र होइन, अब एक गीतकारको रुपमा पनि चिनाउने देखिन्छ।
युवराज सफलको करिब डेढ दशकअघि ूदेशलाई सलामू नामक कविता सङ्ग्रह प्रकाशित भएको थियो। अहिले उनको यो गीत नेपाली संगीतप्रेमीहरूमाझ भावनात्मक रूपमा गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।युवराज सफलको नयाँ गीत ूम त जिउँदै मरेकी छुू को म्युजिक भिडियो छिट्टै बजारमा
लामो समयदेखि सामाजिक सञ्जालमा चर्चित युवराज सफल अब नयाँ परिचयका साथ नेपाली सांगीतिक क्षेत्रमा आउँदै छन्। ूम त जिउँदै मरेकी छुू नामक वियोगान्त गीतको म्युजिक भिडियो केही दिनभित्रै सार्वजनिक हुने तयारीमा रहेको छ।
यस गीतमा मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने, र स्वयं युवराज सफलले अभिनय गरेका छन्। गीतको स्वर निरा रानाभाटले दिएकी छन् भने संगीत कृष्ण भारद्वाजको छ। शब्द रचना सफल स्वयंले गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन राहुल बराइलीले गरेका हुन्। वियोगान्त कथालाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको यो गीतले युवराज सफललाई कवि मात्र होइन, अब एक गीतकारको रुपमा पनि चिनाउने देखिन्छ।
युवराज सफलको करिब डेढ दशकअघि ूदेशलाई सलामू नामक कविता सङ्ग्रह प्रकाशित भएको थियो। अहिले उनको यो गीत नेपाली संगीतप्रेमीहरूमाझ भावनात्मक रूपमा गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।

