

७ बजे मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ सात बजे बस्नेगरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।

