

नेपाल तरुण दलको आयोजनामा यहि पुष २४ देखि २६ गतेसम्म वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने

भोजपुर । नेपाल तरुण दल अरुण गाउँ कार्य समितिको आयोजनामा आगामी पुष २४ देखि २६ गतेसम्म अरुण गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।
नेपाल तरुण दलका सभापति ललित कुमार राईका अनुसार, फुटबल प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित दिइनेछ भने दोस्रो पुरस्कार रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क मात्र रु.१ तोकिएको छ, र पुस २२ गते, दिउँसो १ बजे सम्म दर्ता गर्नुपर्नेछ।
साथै, पुस २६ गते सांगीतिक साझ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय कलाकारहरू गायक धिरज राई, गायिका रचना रिमाल, गायक मनोज थापा मगर, गायक टिका बहादुर मगर, गायिका अनिता आले मगर, गायिका दिक्षा राई र स्थानीय कलाकारहरूको प्रस्तुतिमा बेजोड सांगीतिक कार्यक्रम हुने तरुण दलका सभापति राईले जानकारी दिए।
नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघ अरुण गाउँपालिका भोजपुरले सबैलाई यस कार्यक्रमको अवलोकन र सहभागिताका लागि निमन्त्रणा दिएका छन्।

