राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
काठमाडौँ । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले मंगलबार पेसीको जानकारी दिने आदेश गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी सरकारको भ्याकेटको निवेदनमा अर्का रिट निवेदन वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठलाई समेत पेसीको जानकारी दिई अर्को दिन नयाँ इजलासमा तोक्ने गरी आदेश गरेको हो ।
करिब एक महिनादेखि सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने हुँदै आएको उक्त भ्याकेटको निवेदनमा यस्तो आदेश भएको हो । अधिवक्ता रामबहादुर राउतसमेतको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो । अन्तरिम आदेश खारेज नहुँदा राष्ट्रिय परिचयपत्रसहित नागरिकको एकीकृत तथ्याकमा समस्या भएको दाबी सरकारले गरेको थियो ।