काठमाडौँ महानगरले इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता इन्टर्नका रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ ।
महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता ९ इन्टर्न० का रूपमा काम गर्न निवेदन पेस गर्न आह्वान गरिएको हो । कानुन क्याम्पसमा अध्ययनरत ९कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका ० इच्छुक विद्यार्थीहरूलाई यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ ।
यसका लागि आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस माग गरिएको छ ।