कोटेश्वर ढकाल समाज र कान्तिपुर अस्पतालको संयुक्त प्रयासमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
काठमाडौं । कोटेश्वर ढकाल समाज र कान्तिपुर अस्पतालको सहभागितामा एक महत्वपूर्ण निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना सम्पन्न भएको छ । उक्त शिविर बिहान ८ बजेबाट १ बजे सम्म दीपिका स्कुल प्राङ्गण, सेतिओपी हुँदै कोटेश्वर महादेवस्थान जाने बाटोको दायाँ पट्टि आयोजितमा सहभागिहरुको लागि खुला गरिएको थियो।
यस शिविरमा, कान्तिपुर अस्पतालका प्रमुख चिकित्सक श्री किरण मानन्धर सहितका विशेषज्ञ चिकित्सकहरू स्वास्थ्य जाँचका विभिन्न सेवाहरू प्रदान गर्न उपस्थित भएका थिए। शिविरमा स्त्री तथा प्रशुति सेवाअन्तर्गत महिलाहरूको पाठेघरको परीक्षण र त्यसै गरी सामान्य स्वास्थ्य जाँच अन्तर्गत ग्लुकोमिटर द्वारा सुगर जाँच, रक्तचाप माप्न, इसीजी, नाक कान घाटी लगायतका अन्य महत्वपूर्ण स्वास्थ्य जाँचहरू निस्शुल्क उपलब्ध गराइएका थिए।
सामाजिक र स्वास्थ्य सेवा क्षेत्रको यो सन्देश व्यापक रूपमा फैलाउन सबैलाई यस निःशुल्क स्वास्थ्य जाँच शिविरको जानकारी आफ्ना प्रियजनहरूसँग साझा गर्न प्रोत्साहित गरिएको छ।
स्वास्थ्यलाई प्राथमिकता दिँदै आफ्नो र आफ्ना परिवारको स्वास्थ्य जाँच गराउनु महत्त्वपूर्ण छ।