तेह्रथुममा टिकटक वनाउने क्रममा खोलामा खसेर शिक्षक र विद्यार्थीको मृत्यु
काठमाडौं। टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षीका र एक छात्राको शनिवार अपरान्ह मृत्यु भएको छ ।
स्थानीय गौखुरी मावीमा नर्स शिक्षीकाको रुपमा कार्यरत शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ बर्षिया छात्रा सुस्मीता भटराईको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले वताउनु भयो । शनिवार विदाको दिन पारेर साथीहरु संग शिक्षीका र विद्यार्थी विद्यालय पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए ।
सोही खोलामा अपरान्ह टिकटक वनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादव वहादुर खापुङले जानकारी दिनुभयो ।
आफुहरु अहिले घटना स्थलमै रहेको र मृतकको शव खोंच बाट निकालेर खोला बगरमा ल्याउने काम भैरहेको प्रहरी नायव उपरिक्षक तामाङले जानकारी दिनुभयो ।