कोदोजन्य बाली प्रवर्द्धनसम्बन्धी समाचार लेख्ने ६ जना पत्रकार सम्मानित
काठमाडौँ । कोदोजन्य बाली प्रवर्द्धनमा कलम चलाउने ६ कृषि पत्रकारलाई सम्मान गरिएको छ । शुक्रबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयको सभाहलमा मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र, नगद र दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।
अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् अनाज र राष्ट्रिय कृषक समूह महासंघद्वारा आयोजित सो कार्यक्रमका बिच विभिन्न तीन विधामा कृषि कोदो लेख पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिएको छ । चौथो राष्ट्रिय कोदो दिवसको सन्दर्भमा समाचार लेखन प्रवर्धनका लागि लेखन वृत्तिमा सहभागीमध्ये ६ जनालाई पुरस्कृत गरिएको हो ।
हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेललाई १५ हजार रकमसहित कोदो समाचार लेखन सर्वोकृष्ट पुरस्कार तथा सम्मान गरिएको छ । अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा र उज्यालो रेडियो नेटवर्क कार्यक्रम उत्पादक मदन पौड्याललाई जनही १०÷१० हजारसहित कोदो समाचार लेखन उत्कृष्ट पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युजडटकमा संवाददाता रवि थापा र रातोपाटी डटकमकी संवाददाता सरिता थारुलाई जनही ५ हजारसहित कोदो समाचार लेखन प्रोत्साहन पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
कोदो दिवसको दिन किसानहरूलाई सम्मान गरिएकोमा फेलोसिपसमेत पाएका पत्रकारहरूलाई शुक्रबार पुरस्कृत गरिएको हो । “हामीले कोदो दिवस मनाउन लागि जनस्तरबाट निरन्तर कार्यक्रम गरिरहेको सन्दर्भमा यो वर्ष सरकारले दिवस घोषणा गर्ने तयारी गरिरहेको सुनिएको छ । हामी हाम्रो तर्फबाट निरन्तर रूपमा कृषि प्रवर्धनका लागि काम गरिरहनेर्छौँ,” अनाजका अध्यक्ष किरण आचार्यले भने ।
कृषिमन्त्री रामनाथ अधिकारीले कोदो दिवस मनाइएको विषयलाई उच्च प्रशंसा गर्दै कृषि पत्रकार सम्मानको कार्यक्रम महत्त्वपूर्ण रहको बताए । पोषणयुक्त कोदोवाली प्रवर्धन गर्न सरकारले दिवस घोषणा गर्ने तयारी गरिरहेको भनाइ मन्त्री अधिकारीको छ ।
हाल किसान र अनाजले संयुक्त रूपमा सरकारलाई कोदोजन्य बाली वर्ष घोषणा गर्न अनुरोध गर्दै वर्षेनी चार वर्षेदेखि कोदो दिवसको कार्यक्रम गरिँदै आइएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् ९अनाज०को संयुक्त तत्वधानमा बहुगुणी कोदोजन्य बालीको प्रवर्द्धनका लागि विगत ४ वर्षदेखि कोदो बहस तथा कोदो दिवस सम्पन्न मनाइँदै आइएको छ ।
महासंघ रैथाने उत्पादनलाई प्रवर्धन गर्दै साना किसानको अधिकारका काम गर्ने राष्ट्रिय नेटवर्क हो भने अनाज कृषि सञ्चारलाई प्रवर्धन गर्ने सञ्चारकर्मीको साझा संस्था हो । अनाजले पत्रकारलार्ई लेखनका लागि प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गर्दै सम्मानित ममता थापाले यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।