९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
काठमाडौँ । सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ ।
मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
यसमध्ये युरिया ६८ हजार ७९७ मेट, डीएपी २३ हजार ४३९ मेट र पोटास ६ हजार १९६ मेट मौज्दात छ । कृषि सामाग्री लिमिटेड र साल्ट टेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् ।