नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसलाई पूर्ण क्षमतासहित सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले केन्द्रविरुद्ध अहिले अख्तियारसहितका चाररपाँच वटा मुद्दाहरू बाँकी रहेको बताए । उनले केन्द्रमा रहेका समस्याहरूलाई समाधान गर्दै नेपालभित्रै अन्तःशुल्क स्टिकरहरु छाप्ने परिस्थितिको निर्माण गर्न सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘हामीले सुरक्षण मुद्रण केन्द्रको सिईओ बनाइसकेका छौँ । यस कोषमा अख्तियारसहितका चार÷पाँच वटा मुद्दाहरू होलान् । यसमा रहेका सबै समस्याहरूको समाधान गर्दै त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने परिस्थिति निर्माण गरेर नेपालभित्रै अन्तःशुल्क स्टिकरहरुदेखि लिएर लापूर्जाको कागज, भिसा कार्ड, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका वस्तुहरू नेपालमै छाप्ने कुरामा मुद्रण कोषलाई व्यवस्थित गरेर लाग्ने कुरा अगाडि बढ्छौँ ।’
मन्त्री गुरुङले सुरक्षण मुद्रण कोष बेहाल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताए ।