सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल
काठमाडौँ । सडक सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल रहेको पाइएको छ ।
फ्रेन्डस अफ स्किलस् रोड क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा सडकमा दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाइकल रहेको जनाइएको हो ।
आर्थिक वर्ष २०८०/८१ को फागुन मसन्तसम्म ५५ लाख २६ हजार १९२ दर्ता भएका सवारी साधन छन् । यीमध्ये सबैभन्दा बढी ८०/९८ प्रतिशत मोटरसाइकल छन् । सडक सवारी दुर्घटनामा मोटरसाइकल पर्ने गरेका छन् । यस्तै, कार, जिप लगायत ६/२० प्रतिशत दर्ता भएका छन् । १२/ ८२ प्रतिशत ट्याक्टर, पावरट्रिलर, अटो रिक्सा, ठुला सवारी साधन लगायत रहेको सिभिल इन्जिनियर नेमी भट्टराई बताउँछन् ।
उनका अनुसार ५६/४ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । यस्तै, दोस्रोमा काररजिप १९/३ प्रतिशत दुर्घटनामा पर्ने गरेको उनले उल्लेख गरे । यस्तै, बस ६।२ प्रतिशत ट्रकरट्यांकर ४/२ प्रतिशत, टेम्पो ४/२ प्रतिशत दुर्घटनामा पर्ने गरेको भट्टराईले बताए । यस्तै, टिप्पर १/३ प्रतिशत, डोजर ०/२ प्रतिशत, माइक्रोबस १/४ प्रतिशत, ट्याक्टर २/२ साइकल, ठेला रिक्सा ४/३ प्रतिशत र अन्यमा ०/३ प्रतिशत दुर्घटना हुने गरेको इन्जिनियर भट्टराईको भनाई छ ।
उनले संघीयता आएयता सवारी साधनको नम्बर प्लेट पनि एकरुपता नरहेको बताए । ‘सवारी साधनको प्रयोग बढ्दो छ, सवारी साधनको क्र्यस पनि बढ्दो नै पाइएको छ,’ उनले भने, ‘वर्षदिनमा औषतमा २४ सय जनाको मृत्यु भएको छ । यसलाई जिरोमा पुर्याउने गरी योजना बनाउनका लागि तथ्यांकको आवश्यकता पर्दछ ।’
कार्यक्रममा फ्रेन्डस अफ स्किलस् रोड क्लब नेपाल अधिकारीहरू, यस विषयमा चासो राख्ने व्यक्ति सहभागी थिए ।