प्रतिनिधिसभा सकेसम्म धकेल्ने प्रयासमा सरकार रहेको सूचना पाएको छु: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको बताएका छन् ।
सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ‘यो सरकारले प्रतिनिधिसभा सकेसम्म धकेल्न बल गर्दैछ भन्ने हामीलाई सूचना प्राप्त छ,’ प्रचण्डले भनेका छन् ।
साथै, उनले आवश्यक परेको खण्डमा आफूहरू विशेष अधिवेशन बोलाएर संघर्ष सुरु गर्ने पनि बताए ।
‘हामीले जरुरि पर्यो भने विशेष अधिवेशन बोलाएर संघर्षको सुरुवात सदनबाट गरिनेछ । एजेन्डा सेट सदनबाट गरिनेछ । ती एजेन्डाको आधारमा सडकमा लाखौं जनतासँग मिलेर प्रतिक्रियावादीको तमाम षड्यन्त्र चकनाचुर पार्नसक्ने तागत हामीसँग छ ।
हामी प्रतिपक्षी जति सबैले त्यो अठोट लिएका छौं,’ प्रचण्डले भने ।