प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै, दमकको १८ तले भवन उद्घाटन गर्ने
काठमाडौँ । दमक बिजनेस कम्प्लेक्स उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान गृह जिल्ला झापा जाँदै छन् । उनी पर्सि मात्र काठमाडौँ फर्किने तयारी छ ।
हवाईमार्गमार्फत् गृह जिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उद्घाटन गर्ने कार्यक्रम छ ।
आफ्नो निर्वाचन क्षेत्रमा राज्यको १ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेर ‘भ्यूटावर’ बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत हुँदै आएको छ ।