गढीमाई मेलाको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा
जनकपुरधाम । बाराको बरियापुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेस प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
स्थानीय विद्यालयहरू शुक्रवारदेखि नै बन्द छन् ।
गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठुलो मेला लाग्दछ । हाल बरियापुरमा दर्शनार्थीहरुको भीड छ ।
दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सिसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।