

प्रधानमन्त्री ओली चीनबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३० मिनेट बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ ।
यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।
यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो ।

