देशभर बढ्यो जाडो, कस्तो रहला त मौसम
काठमाडौं । पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ । अहिले पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । र, उनीहरुका अनुसार पछिल्लो केही दिन यता जाडो बढेको छ ।
२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ ।
जसका लागि आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।