नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा
काठमाडौँ । नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।
यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् ।
ओली यही मंसिर २० गते नेपाल फर्किने छन् ।