षडानन्द नगरपालिकाको कातिकेपुल क्षेत्रमा सीसीटीभी क्यामेरा जडान
भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्र स्थित षडानन्द नगरपालिका वडा नं. ५, कातिकेपुल र आसपासका बजार क्षेत्रहरूमा शान्ति र सुरक्षालाई थप बलियो बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको छ। यो सि सि क्यामेरा प्रणाली आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ, जसको उद्घाटन इप्रका दिङलाका प्रमुख प्रनि विनय कुमार सिंहद्वारा गरिएको हो।
नयाँ सीसीटीभी प्रणालीको उद्देश्य शान्ति सुरक्षामा सुधार ल्याउने र अपराध न्यूनीकरणमा मद्दत गर्ने रहेको छ। क्यामेराहरूको जडानले नगरवासीलाई सुरक्षाको बलियो अनुभव दिने अपेक्षा गरिएको छ। प्रहरी प्रमुख प्रनि विनय कुमार सिंहले भने यो प्रणालीले सुरक्षा व्यवस्थापनमा थप सहजता र प्रभावकारिता ल्याउने विश्वास राख्दछ।
स्थानीय बासिन्दाहरूले यस कदमलाई स्वागत गर्दै बजार क्षेत्र र वरपरको शान्ति सुरक्षामा सुधार आउने आशा व्यक्त गरेका छन्। यो पहलले षडानन्द नगरपालिका क्षेत्रलाई थप सुरक्षित बनाउने र अपराध नियन्त्रणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रहरी कार्यालयले स्थानीय समुदायसँग मिलेर यो प्रणालीको प्रभावकारी उपयोगमा सक्रिय सहकार्य गर्न अनुरोध गरेको छ, जसले सुरक्षा व्यवस्थापनमा अझ राम्रो परिणाम ल्याउने अपेक्षा गरिएको छ।