कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल ७८९ मतसहित अग्रता कायमै
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन् । एमाले उम्मेदवार डा। सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४६५ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन मानवले ४१८ मत पाएका छन् ।
कीर्तपुरको वडा १ र ४ मा पनि उपनिर्वाचन भएको छ । वडानम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतका साथ विजयी भइसकेका छन् । वडानम्बर ४ को नतिजा आउन बाँकी छ ।