रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा छ ।
गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको दुर्घटनामा निधन भएकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार गाउँपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत शोक बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कार्यालयहरुबाट अत्यावश्यक सेवा प्रवाह भने हुनेछ ।
यही मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका बेताली आउने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ नम्बर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको निधन भएको थियो ।