जनकपुर बोल्ट्सले जोड्यो एकै बलमा ११ रन
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलका विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एकै बलमा ११ रन बनेको छ ।
विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो । विराटनगरका क्रिस सोलले पहिलो ओभर बलिङ गरेका थिए ।
जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा थिए । पहिलो बल वाइड चौका हुँदा जनकपुरले ५ रन जोड्यो । यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पायो । पहिलो बलको लेगल डेलीभरीमा ओभरथ्रो हुँदा जनकपुरले थप ५ रन जोड्दै ११ रन जोडेको छ ।
पहिलो ओभरमा जनकपुरले ११ रन जोड्दा १ विकेट गुमायो । आसिफ शेख खाता नखोली आउट भए । शेख खाता नखोली आउट भए ।