सिक्रेटार क्षेत्रको लुङ्छुङगैरा टोलमा सिंचाइ सुविधा विस्तारको विशेष पहल
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका, वडा नं ७ स्थित सिक्रेटार क्षेत्रको लुङ्छुङगैरा टोलमा सिंचाइ सुविधा विस्तारका लागि विशेष पहल सुरु गरिएको छ।
यस वर्ष वडाको बजेटबाट ४,७५० मिटर लामो २५ एमएमको पाइप खरिद गरेर यसलाई उपभोक्तासमक्ष उपलब्ध गराउने तयारी गरिएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिएका छन्। वडा अध्यक्ष थापाका अनुसार, हाल यो सामग्री गाउँपालिकाबाट अनुगमन गरेर वितरण प्रक्रियामा रहेको छ। सिक्रेटार क्षेत्र अत्यन्तै सुख्खा भूभाग रहेकोले यहाँका स्थानीय बासिन्दाहरूलाई खानेपानी र सिंचाइको अभावले गम्भीर समस्या परेको छ। यस समस्यालाई समाधान गर्न निरन्तर गाउँपालिका र वडाले लगानी गर्दै आएका छन्, जसमा सिंचाइ पोखरी निर्माण र खानेपानीको क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।
वडा अध्यक्ष थापाले अन्य सुख्खा क्षेत्रहरूमा पनि सिंचाइ सुविधाको विस्तार गर्ने योजना रहेको र यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिने जानकारी दिएका छन्। यस प्रकारका पहलहरूले वडाभित्रको कृषिमा उत्पादनशीलता वृद्धि गर्ने र स्थानीय बासिन्दाहरूको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको ।