यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न माग गरेको छ ।
बुधबार रास्वपाको केन्द्रीय यातायात विभागले विज्ञप्ति जारी गर्दै यातायात तथा ढुवानी व्यवसायीहरूले तिर्नुपर्ने स्थानीय करलाई वैज्ञानिक ढंगले निर्धारण गरी यातायात व्यवसायीहरूलाई प्रोत्साहित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हो ।
‘देशभर विभिन्न पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको भनी यातायात व्यवसायीबाट गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन समेत भएको थियो तर यो क्रम रोकिएको छैन ।
रास्वपाले स्थानीय निकायहरूबाट भइरहेको गैरकानुनी तथा जनविरोधी क्रियाकलापहरू तत्काल बन्द गराउन सरकारसँग माग गरेको छ ।