

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हिरासत फिर्ता

काठमाडौँ । उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा फिर्ता ल्याइएको छ ।
अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरको बिरामी हुन् । अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनी पक्राउ परेका थिए ।

