प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १० गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अधिकारीले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए ।
प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ९क० बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।
सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । पूर्वसचिव अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्ति सिफारिस गरेका थिए ।