

सुनसरीमागाडीको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु

काठमाडौं । सुनसरीमा गाडीको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।
कात्तिक २५ गते सुनसरीको कोसी गाउँपालिका ३ नहर चोकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(०२८ च ०२०१ नम्बरको लेन्ड क्रुजर गाडीले सोही दिसातर्फ जाँदै गरेको को १८ प ९४७६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट सोही स्थानमा रोकेर राखेको को १६ प ६७३४ नम्बरको मोटरसाइकलमा ठक्कर भएको थियो । दुर्घटनामा ९४७६ नम्बरको मोटरसाइकल चालक ६० वर्षीय फुलेश्वर मेहताको उपचारको क्रममा आज ११ः५० बजेतिर नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक बराहक्षेत्र ५ बस्ने ४२ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

