अरुण गाउँपालिका १ याङपाङस्थित कटका माध्यमिक विद्यालयमा अपाङ्गमैत्री भवन निर्माण हुने
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका १ याङपाङस्थित कटका माध्यमिक विद्यालयमा पाँच कोठे अपाङ्गमैत्री सौचालय र स्नानगृहसहित ११ कोठे पक्की कक्षाकोठा भवन निर्माण हुने भएको छ।
यस परियोजना United World Schools Nepal (UWS Nepal ) स्थानीय सरकार, र विद्यालय समुदायको साझेदारीमा अघि बढ्नेछ।
निर्माणसम्बन्धी सम्झौतामा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, UWS Nepal का अध्यक्ष खमराज खड्का, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन तामाङले हस्ताक्षर गरेका छन्। सम्झौतामा वडाध्यक्ष रामकुमार तामाङ, विद्यालयका प्रधानाध्यापक भवानी श्रेष्ठ, र शिक्षक अभिभावक संघका अध्यक्ष शिव खत्री साक्षी रहेका थिए।
UWS Nepal का अनुसार भवन निर्माण कार्य तत्काल सुरु गरिनेछ र २०८१ साल फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस भवनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुविधा सम्पन्न र समावेशी वातावरण प्रदान गर्ने विश्वास गरिएको छ।
साझेदारीमा अघि बढाइएको यो परियोजनाले ग्रामीण शिक्षा र भौतिक पूर्वाधारमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।