मेडिकल व्यवसायी प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् । रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।
उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।