रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार खास निष्कर्षमा पुग्न नसकेपछि आज पुन बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । “सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्ताउन सक्छ । त्यसैले विशेषतः यसबेला भेटघाट बढाउनका लागि बैठक बोलाएका हौँ”, कार्यवाहक प्रवक्ता झाले भने ।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन् ।