

सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेर कारोबार भएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

