

रिफ्रेसङ ट्रेनिङका लागि लामा जापान प्रस्थान

काठमाडौं । रिफ्रेसङ ट्रेनिङका लागि दीपक लामा जापान प्रस्थान।
नेपालको आई.के.ओ क्योकुशिकाई नेपालका ब्रान्च चिफ दीपक लामा ३५ दिने विशेष रिफ्रेसङ ट्रेनिङका लागि जापान प्रस्थान जाने भएका छन् । यो कार्यक्रममा उनले करातेको नयाँ प्रविधि, प्रशिक्षण प्रणाली, र आत्मरक्षा कौशललाई थप प्रभावकारी बनाउन आवश्यक सीपहरूमा ध्यान केन्द्रित गर्नेछन्।
लामाले नेपाली करातेको अन्तर्राष्ट्रिय स्तरमा उचाइ बढाउन लामो समयदेखि योगदान गर्दै आएका छन्। जापानको यो भ्रमणले नेपाली कराते खेलाडीहरूको स्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ।
करातेको यो प्रकार विशेष गरी आत्मरक्षा, अनुशासन, र मानसिक सन्तुलनमा केन्द्रित हुन्छ, र यो प्रशिक्षणले नेपालमा नयाँ पुस्ताका खेलाडीहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।
\

