डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०।५० रुपैयाँ कायम भएको छ।
यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
तर, पेट्रोलको मुल्य भने बढाइएको छैन।
हेर्नुहोस् मूल्यसूची :