

यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।
क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु १९ महिला विश्वकपमा छनोट भएको थियो । त्यस्तै नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू १९ महिला एसिया कपका लागि पानि छनोट भएको छ ।
विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहिबार साँझ नेपाल आइपुग्दै छन् ।

