सहकारी प्रकरणमा रास्वपालाई पङ्क्ति भेद
काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई पङ्क्ति भेद गरेको छ ।
सहकारी प्रकरणमा रास्वपाका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने मात्र नभई कांग्रेसका नेता धनराज गुरुङ, शान्ति परियार एमालेका नेता ऋषिकेश पोखरेल, केबी उप्रेती, इच्छाराज तामाङ सहितका नेता मुछिँदा उनिहरुको कार्बहीको प्रक्रिया कहाँसम्म पुग्यो भन्ने विषयमा कुनै जानकारी नहुँदा राज्यको एउटा पार्टी र त्यसका नेता कार्यकर्तामा बढी केन्द्रीत रहेको देखिँदा अहिले सरकार चलाई रहेका राजनितिज्ञहरुको सफा हातले यस विषयलाई लिएको देखिँदैन ।
सत्तामा जो हुन्छ, उसले आफ्ना विपक्षी दलका नेता, कार्यकर्तालाई निशानामा साध्नु स्वभाविक हो । तर, सत्ताको आडमा गलत गरेका आफु र आफ्ना कार्यकर्तालाई बचाउँदा आम जनताको नजरले पङ्क्ति भेदको अनुभूति गरेका छन ।
हिजोका दिनमा चप्पल पट्काउँदै राजनिति गर्न राजधानी छिरेका नेताहरुका आलिसान भवनहरु के,कसरी निर्माण भयो भन्ने विषयमा अनुसन्धान गर्न जरुरी रहेको छ । नेपालका नेताहरुको राजनितिक बाहेकका अरु पृष्ठभूमि स्पष्ट नभएकोले आम मानिसमा जिज्ञासाका साथै प्रश्न उब्जिएको छ ।
भिडियो सहित: