

प्रहरीका २० एसएसपी बढुवाका लागि २ ब्याचबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक एसएसपीका अहिले १२ दरबन्दी रिक्त छन् ।
विभिन्न मितिमा अवकाश तथा केही अधिकृतहरु डीआईजीमा बढुवा भएसँगै जनपदतर्फका ५७ एसएसपीको दरबन्दीमध्ये अहिले १२ दरबन्दी रिक्त छन् । यसका साथै प्रहरी नायव महानिरीक्षक डीआईजीको समेत ८ दरबन्दी रिक्त छन् । रिक्त डीआईजीको दरबन्दीमा ८ एसएसपीको बढुवा सिफारिस गरेपछि रिक्त एसएसपीको दरबन्दी २० पुग्छ ।
पहिला डीआईजीमा बढुवा गरेपछि एसएसपीको बढुवा गर्ने तयारी भएकाले रिक्त हुने २० एसएसपीका लागि दुई ब्याचीबीच प्रतिस्पर्धा हुने देखिएको । यद्यपी एसएसपी र डीआईजी दुबै राजपत्राकिंत प्रथम श्रेणीको पद भएकाले दुबैको बढुवा समिति समेत एउटै हुन्छ ।
डीआईजी र एसएसपीको बढुवा समिति एकै हुने भएकाले यी दुई पदमा एकै दिन समेत बढुवा गर्ने सम्भावना समेत छ । बढुवा समितिका सदस्य समेत रहेका आईजी इन्टरपोलको ९२औं महासभामा भाल लिन अहिले बेलायतमा छन् । १९ देखि २२ कात्तिकसम्म सञ्चालन हुने उक्त महासभाको समापन पछि उनी नेपाल फर्कने छन् । त्यसपछि बढुवा गर्ने तयारी रहेको मानव स्रोत विभागका एक अधिकृत बताउँछन् ।
डीआईजी र एसएसपीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक आईजी सदस्य र आईजीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
एसएसपीको बढुवामा अहिले दुई ब्याचका एसपीहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । जसमा २०५६ मा प्रहरी निरीक्षक –इन्सपेक्टर०मा भर्ना भएकाहरु र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरुबीच हुनेछ ।
२०५६ मा भर्ना भएकाहरु मध्ये ६ जना अहिले पनि एसपी छन् । जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् । यद्यपी उनीहरु पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरु पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा पहिलो लटमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।
२०५८ का ब्याचीहरु पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की्, सिंह र बस्नेत भने २०५८ कै टोली दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरु पनि बढुवा भएका थिए । जसकारण अहिले २०५६ का टोली र २०५८ का टोलीहरुबीच एसएसपी बढुवामा प्रतिस्पर्धा हुने देखिन्छ ।
जसमा होविन्द्र बोगटी, बेद विष्ट, दयानिधि ज्ञवाली, सन्तोष सिंह राठौर,शान्तिराज कोइराला, संञ्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमलालगायतको टोली बढुवाको प्रतिस्पर्धामा छ । उनीहरुको बढुवा भएपछि ३२ एसपीको र ६४ डीएसपीको पनि बढुवाको बाटो खुल्ने छ ।
२०५८ को ब्याचीका पहिलो नम्बरका एसपी रमेश थापासँगै उनीसँग बढुवा भएका कमल प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन् ।
उनीहरु भन्दा पछि २०७७ वैशाख १७ मा बढुवा भएका २०५८ कै ब्याचीहरु पनि बढुवाको प्रतिस्पर्धामा छन् । हाल १२ जना र २० एसपी एसएसपीमा बढुवा भएसँगै रिक्त हुने २० गरी ३२ एसपीको दरबन्दी रिक्त हुनेछ । डएसपीमा भने ६४ पद पद रिक्त हुनेछन् ।

