खोलाको बगरमा दुर्गन्धित अवस्थामा भेटियो शव
काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ स्थित चिसाङ खोलाको बगरमा सडेर दुर्गन्धित भएको अवस्थामा अवस्थामा बिहीबार दिउँसो पुरुषको शव भेटिएको छ ।
चिसाङ खोलाको बगरमा दिउँसो २ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । अन्दाजी ४५ वर्षजस्तो देखिने पुरुषको पहिचान खुल्न सकिरहेको छैन ।
स्थानीयले शव देखेर जानकारी गराउनसाथ पुगेको इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बतााए ।