बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ
काठमाडौँ । काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष भीम कुमारी तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
३६ वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।