रास्वपाका १० सांसदविरुद्ध प्रहरी परिसर, काठमाडौंमा जाहेरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै अराजक गतिविधि गर्ने १० सांसदविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी पेश गरिएको छ।
सो जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा ५० को उपदफा ३ अनुसार कसुर गरेको आरोप लगाइएको छ।
जाहेरीमा उल्लेख गरिएको छ कि सांसदहरूले नेपाल सरकार र अदालतका काम कारबाहीमा भाँजो हाल्ने, न्यायाधीश तथा सरकारी वकिल कार्यालयमा हस्तक्षेप गर्ने, सहकारी पीडितलाई कुटपिट गर्ने र धम्की दिने कार्य गरेका छन्। यसरी गरेको गतिविधिले प्रशासनिक र न्यायीक काममा ठूलो समस्या उत्पन्न गरेको बताइएको छ।
सांसदहरूलाई सोही दफा ५० को उपदफा ४ अनुसार ३ वर्ष जेल सजाय र ३० हजार रुपैयाँ जरिवाना तिराउन माग गरिएको छ। कानूनले निर्दिष्ट गरेको प्रक्रिया अनुसार दोषी सांसदहरूलाई उचित कारबाही गर्ने युवराज सफलले उक्त जाहेरीमा भनेका छन् ।
उक्त जाहेरी यस्तो छ: