खोटाङमा रहेको दिक्तेल–गाईघाट जोड्ने फोक्सिङटार पुल १० वर्षपछि बन्यो, दुई वर्ष नपुग्दै बाढीले बगायो
काठमाडौं । सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकमा पर्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज निर्माण हुने भएको छ।
‘पछिल्लो समय थपिएको समयावधि गत वर्षको चैत मसान्तमा सकिएको हो । ठेकेदार कम्पनीको लापरबाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले कुनै पनि सवारीसाधन सञ्चालन हुने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘अवरुद्ध काम पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म सम्बन्धित निकायले चासो दिएको देखिँदैन । यसको प्रत्यक्ष असर समग्र जिल्लावासीमा परेको छ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतसँग पुल मागेर बनाउने तयारी गरेको हो। भौतिक मन्त्रालयले ५० देखि १२० मिटरसम्मका २० वटा पुल सहयोग गर्न आग्रह गरेको थियो। जसमा ३८ ट्रक बेलिब्रिजका सामग्री मकवानपुरको हेटौंडामा आइपुगेका छन्। ती सामग्री हेटौंडास्थित सडक डिभिजन कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ।
भारतले उपलब्ध गराउने पुल हेटौंडाको कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ। तर कतिवटा पुलबराबरको सामग्री आए मन्त्रालयले स्पष्ट जानकारी छैन। फोक्सिङटारमा सबैभन्दा लामो बेलिब्रिज निर्माण गर्दै छौँ। १२० मिटर बनाउने अनुभव छैन’, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले भने, ‘भारतीय र नेपाली प्राविधिक मिलेर जडान गर्न सक्छौँ।’
खोटाङलाई तराईसँग जोड्ने प्रमुख फोक्सिङटार पुल १२ वर्ष लागेर निर्माण भएको थियो। सञ्चालनमा आएको २ वर्षमै उक्त पुल सुनकोशीको बाढीले बगाएको थियो ।