तरुण दलले महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठकमा साङ्गठनिक गतिविधिबारे छलफल ग¥यो
काठमाडौँ । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको बैठकमा दलको महाधिवेशन र साङ्गठनिक गतिविधि सम्बन्धमा छलफल भएको छ ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकमा साङ्गठनिक गतिविधि सम्बन्धमा छलफल भएको भएको हो । बैठकले महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन भएकोमा पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद समेत दिएको छ । बैठकले समितिको आगामी बैठक कार्तिक १३ गते दिनको २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने निर्णय समेत गरेको छ ।
कांग्रेसका सहमहामन्त्री एवं समितिका संयोजक महालक्ष्मी उपाध्याय ‘डिना’ को सभापतित्वमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्यहरू सरिता प्रसाई, जितजंग बस्नेत र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष विद्धान गुरुङको उपस्थिति रहेको थियो ।