महालक्ष्मी नगरपालिका,उप(प्रमुख लक्ष्मी महर्जनद्वारा बाढी पीडितलाई राहत तथा पुनर्स्थापनाको प्रतिबद्धता
काठमाडौं । महालक्ष्मी नगरपालिका, ललितपुरका उप(प्रमुख लक्ष्मी महर्जनले आफ्नो खुट्टामा भएको चोटलाई बेवास्ता गर्दै, नगर प्रमुख हरि गोबिन्द श्रेष्ठको नेतृत्वमा बाढी पीडितहरूको सहायता गर्न वडा नं। १० को निरीक्षण गर्नु भएको छ ।
यस कार्यक्रममा माननीय प्रेम महर्जन र माननीय रामेश्वर श्रेष्ठ सहितका जनप्रतिनिधिहरू पनि सहभागी थिए । उक्त टोलीले बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्दै, पीडित परिवारहरूलाई राहत वितरण गरेको हो । नगरपालिकाले पीडितहरूको पुनर्स्थापना र पुनर्निर्माण कार्य तुरुन्तै सुरु गर्ने प्रतिबद्धता पनि जनाएका छन्। स्थानीय जनताले सरकारको यो पहललाई सकारात्मक रूपमा लिएको छ, र पुनर्स्थापनाको कार्यले पीडित समुदायलाई ठुलो राहत मिल्ने अपेक्षा समेत गरिएको छ।
बाढीले निम्त्याएको चुनौतिहरूको सामना गर्दै महालक्ष्मी नगरपालिकाले स्थानीय स्तरमा द्रुत कार्य योजना अघि बढाउने योजना बनाएको छ।