झापामा जग्गासम्बन्धी विवाद हुँदा युवकको हत्या
काठमाडौं । झापाको दमकमा जग्गासम्बन्धी विवाद हुँदा कुटपिट गरी एक युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसार कुटपिट गरी दमक नगरपालिका–९ निवासी ३२ वर्षीय देशु भनिने यामु निरौलाको हत्या गरिएको हो ।
मंगलबार दिउँसो अन्दाजी ४ बजेको समयमा दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको प्रहरीले जनाएको छ ।