सुनको मूल्य, तोलामा १ लाख ६५ हजार रुपैयाँ पुग्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
जसअनुसार आज सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।